नेकपा एसको कार्ययोजना: पार्टी कमिटीको पूर्णता र विस्तारदेखि निर्वाचनको तयारीसम्म (प्रतिवेदनसहित)


काठमाडौं ।  नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटीको तेस्रो बैठक बुधबारदेखि सुरु हुँदैछ । अध्यक्ष माधवकुमार नेपालले पार्टीलाई सुदृढ र बलियो शक्तिका रूपमा स्थापित गर्न तयार पारेको कार्ययोजनासहितको राजनीतिक प्रतिवेदन बैठकमा पेस गर्दैछन् ।सोमबार बसेको पार्टीको पोलिटब्यूरोको प्रथम बैठकमा उनले उक्त राजनीतिक प्रतिवेदन पेस गरेका थिए । पोलिटब्यूरो बैठकमा पेश भएको राजनीतिक प्रतिवेदनमा पोलिटब्यूरो सदस्यहरुले उठाएका विषयसमेत केही समेटेर बुधबारको बैठकमा पेश हुनेछ ।

‘केन्द्रीय कमिटीको प्रथम बैठकबाट पारित राजनीतिक प्रस्तावमा ‘दलाल नोकरशाही पूंजीवादी शोषण दमन र उत्पीडन तथा साम्राज्यवादी हस्तक्षेपका विरुद्ध संघर्ष गर्दै स्वाधिन राष्ट्रिय अर्थतन्त्रको जगमा अडिएको समृद्ध नेपाल निर्माणको अभियान सञ्चालन गर्न र सामन्तवादको अवशेषका रूपमा रहेका आर्थिक शोषण, कुरीति, अन्धविश्वास र रुढीवादको समूल अन्त्यका निम्ति आर्थिक–सामाजिक–सांस्कृतिक रूपान्तरण अभियान सञ्चालन गर्न नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का तत्कालीन मुख्य कार्यभार हुन’ भनिएको छ ।

ठोस राजनीतिक परिस्थिति आगामी वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनतर्फ राजनीतिक शक्तिहरू उन्मुख रहेको भन्दै निर्वाचनमा एकातर्फ प्रतिगमनकारी एवं अलोकतान्त्रिक शक्तिहरू हुने र अर्कोतर्फ लोकतन्त्र र अग्रगमनका पक्षधर शक्तिहरू हुने माधव नेपालको प्रतिवेदनमा उल्लेख छ ।

एकीकृत समाजवादीले पार्टी कमिटीको पूर्णता र विस्तारलाई समेत प्राथमिकतामा राखेको छ । ‘स्थानीय तहको निर्वाचन गाउँ तथा नगरपालिका र तिनका बडाहरूमा हुन्छ । जहाँ निर्वाचन हुने हो त्यहाँ पार्टी कमिटी भएन भने निर्वाचनमा प्रतिस्पर्धा गर्ने आधार नै हुँदैन । हामीले सवै वडामा त के सवै पालिकामा समेत पार्टी कमिटी निर्माण गरिसकेका छैनौं । कतिपय कमिटीहरूलाई, यहाँसम्म कि प्रदेश कमिटीहरूलाई समेत पूर्णता दिएका छैनौं । यस्तो स्थिति अब रहिरहनु हुँदैन,’अध्यक्ष नेपालले प्रतिवेदनमा भनेका छन्,‘गठन भैसकेका कमिटीहरूलाई यथाशीघ्र पूर्णता दिने र आगामी चैत १५ गतेभित्र सम्पूर्ण पालिका र वडाहरूमा पार्टी कमिटी गठन गरिसक्ने गरी जानु पर्दछ ।’

यस्तै जनसङगठनहरूको विस्तार गर्ने पनि कार्ययोजना बनाइएको छ भने संगठन निर्माणका साथसाथै जन परिचालन समेत गर्ने गरी अघि बढ्ने तयारी छ । पार्टी पंक्तिमा विचार प्रवाह गर्न प्रशिक्षण अभियान पनि सञ्चालन गरिने भएको छ । त्यस्तै एकीकृत समाजवादीले प्रचारात्मक कामलाई पनि तीव्रता दिने तयारी गरेको छ ।

यस्तो छ प्रतिवेदन:



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ