अब युट्युब सञ्चालन गर्न अनुमति लिनुपर्ने, ५ लाख शुल्क


 

काठमाडौं । सरकारले युट्युव च्यानल र इन्टरनेटमार्फत सञ्चालन हुने अनलाइन टिभीले अनुमति लिनुपर्ने व्यवस्था गरेको छ ।सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले राष्ट्रिय प्रसारण नियमावलीमा संशोधन गर्दै युट्युव र अनलाइन टेलिभिजन (इन्टरनेट टिभी) सञ्चालन गर्नका लागि इजाजतपत्र आवश्यक पर्ने व्यवस्था गरेको हो ।

इजाजतपत्रका लागि ५ लाख शुल्क तोकिएको छ । संशोधनमा ‘मल्टिच्यानल मल्टिप्वाइन्ट डिस्ट्रिव्युसन सिस्टम (एमएमडिसी)’ भन्ने शब्दहरूपछि ‘अनलाइन टेलिभिजन, ओभर द टप (ओटिटी), भिडियो अन डिमान्ड (भिओडी)’ भन्ने शब्दहरू राखिएका छन् ।

यसअघि यस्ता अनलाइन च्यानल सञ्चालन गर्दा अनुमति लिनुपर्ने नभए पनि संशोधनसँगै सरकारसँग इजाजतपत्र लिनुपर्नेछ । अनलाइन टेलिभिजन भन्नाले इन्टरनेटमार्फत आफैँले उत्पादन गरी नियमित रूपमा श्रव्यदृश्य कार्यक्रम प्रसारण गर्ने कार्य सम्झनुपर्ने संशोधनमा उल्लेख छ ।

‘इन्टरनेटको माध्यमबाट प्रसारण गर्ने गरी इजाजतपत्र प्राप्त गरेको अनलाइन टेलिभिजनले अन्य वितरण प्रणालीको माध्यमबाट माध्यमबाट टेलिभिजन कार्यक्रम प्रसारण गर्नुअघि यस नियमावलीबमोजिम अनुमति लिनुपर्ने’ संशोधनमा भनिएको छ । स्तै प्रदेश सरकारबाट इजाजतप्राप्त टेलिभिजनले राष्ट्रियस्तरका वितरण प्रणालीमार्फत नेपालभित्र कार्यक्रम प्रसारण गर्नका लागि पनि सञ्चार मन्त्रालयबाट अनुमति लिनुपर्नेछ ।

ओटिटी भन्नाले कुनै कार्यक्रम डिटिएच केबल वा उपग्रह टेलिभिजनको माध्यम प्रयोग नगरी इन्टरनेटमार्फत गराइने सेवाको रूपमा परिभाषा गरिएको छ । यसले इन्टरनेटमार्फत अरू प्लेटफर्ममाथिको मिडिया स्ट्रिमिङ सेवा समेतलाई जनाएको छ ।

 

 

 

 

 



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ