रुसी हमलामा १४ बालबालिकासहित ३५२ युक्रेनीको मृत्यु


एजेन्सी- रुसी सेनाले गरेको बम आक्रमणमा ३५२ जना युक्रेनी सर्वसाधारणको मृत्यु भएको छ । मृत्यु हुनेमा १४ बालबालिका पनि रहेका छन् छन् । रुसी हमलामा ११६ बालबालिकासहित १६८४ सर्वसाधारण घाइते भएका छन् । तर, मन्त्रालयले युक्रेनी सेनातर्फ भएको क्षतिबारे भने केही सूचना दिएको छैन् ।

त्यस्तै, रुसी सेनाले पनि युद्धमा आफ्नो तर्फबाट पनि केही क्षति भएको जनाएको छ । रुसी सेनाले पहिलो पटक आफ्नोतर्फ क्षति भएको स्वीकारेको हो । युक्रेन आक्रमणमा आफ्ना केही सेना मारिएको बताए पनि कुनै तथ्यांक दिएको छैन् ।युक्रेनले ४३ सय रुसी सैनिक मारिएको दाबी गरेको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ