एमसीसीको ‘साइड इफेक्ट’: माओवादीमा विद्रोह सुरु, हजाराैं कार्यकर्ताले दिए राजीनामा


काठमाडौँ । नेकपा माओवादी केन्द्रका हजारौं कार्यकर्ताले एकैपटक पार्टी परित्यागको घोषणा गरेका छन् । माओवादी केन्द्रको समर्थनमा अमेरिकी सहायता परियोजना (एमसीसी) संसदबाट अनुमोदन भएपछि सामाजिक सञ्जालमा पार्टी परित्याग गरेको घोषणा गर्नेहरुको लहर चलेको छ ।

राष्ट्रघाती एमसीसी पास गर्न सहयोग गर्ने पार्टीमा बसिरहन आफ्नो नैतिकताले नदिने भन्दै हजारौं कार्यकर्ताले एकैपटक पार्टी परित्याग गरेका हुन् । नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश कमिटी सदस्य तथा डोटीका प्रभावशाली युवा नेता भरत बोहोराले व्याख्यात्मक टिप्पणी गरेर एमसीसी पारित गर्ने निर्णयसँगै सो पार्टी परित्याग गरेको घोषणा गरेका थिए ।

बोहोरा आइतबारै सुदूरपश्चिम प्रदेश कमिटीको प्रशिक्षण भेलामा पुगेर एमाले प्रवेश गरेका छन् । उनलाई एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डे, उपमहासचिव प्रदिप ज्ञवाली, सुदूरपश्चिम इन्चार्ज लेखराज भट्ट लगायतले स्वागत गरेका छन् ।त्यस्तै पार्टी परित्याग गर्नेमा पूर्वजनसेना कमाण्डर सुनिल धिमाल, कञ्चनपुरका वडा अध्यक्ष बहादुर सिंह महरा लगायत रहेका छन् । उनीहरुले राष्ट्रघाती एमसीसी पास गरेको भन्दै पार्टी परित्या गरेका हुन् ।

एमसीसीकै कारण गठबन्धन टुट्ने र पुनः प्रतिगमनकारी शक्ति (नेकपा एमाले) हावी हुने जोखिम देखिएपछि ‘व्याख्यात्मक घोषाणा’सहित एमसीसी अनुमोदन गर्ने बीचको बाटो अपनाइएको अध्यक्ष अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको तर्क छ ।

तर यसले नेता–कार्यकर्तामा विवाद र विभाजनको विद्रोह पैदा गराएको छ । माओवादीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, देव गुरुङ, गिरिराजमणि पोखरेल र लीलामणि पोखरेल, लेखनाथ न्यौपानेले एमसीसी अनुमोदन गर्ने पार्टीको निर्णयप्रति असहमति जनाएका छन् ।

माओवादी केन्द्र निकट जनबर्गीय संगठनका नेता तथा कार्यकर्ताहरु एमसीसी पास गर्न नहुने भन्दै आन्दोलनरत थिए । तर आइतबार ‘प्रचण्ड’ले सभामुख अग्नि सापकोटा र माधव नेपालहरुको पद जोगाउन भन्दै एमसीसी पास गर्न सहयोग गरेपछि माओवादीका हजारौं कार्यकर्ताले एकैपटक पार्टी छाडेका हुन् ।

धमाधम पार्टी परित्याग हुन थालेपछि अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लले धैर्य गर्न अपिल गरेका छन् । ‘भावनात्मक आवेग र शीघ्र प्रतिक्रियाको पछि नकुदौं । ‘ड्यामेज कन्ट्रोल’को नीति लिदै परिस्थितिलाई सम्हालौं । पार्टीले खराव मध्यको राम्रो विकल्प प्रयोग गरेको हो । आज सदनमा भएका सबै विचार विमर्शलाई गम्भीरता र धैर्यतापुर्वक सुनौं,’ उनले भनेका छन् ।

सुरुमा एमसीसीका विपक्षमा उभिँदै युवा नेता तथा कार्यकर्तालाई सडकमै उतारेका माओवादी केन्द्रले गठबन्धन जोगाउन भन्दै अन्तिममा सम्झौता संसदबाट अनुमोदन गराएपछि धमाधम पार्टी नै छाड्ने हलर चल्न थालेका छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ