एमालेको अवरोधबीच संसदमा एमसीसीमाथि सैद्धान्तिक छलफल जारी


काठमाडौं । अमेरिकी अनुदान सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)माथि संसदमा सैद्धान्तिक छलफल सुरु भएको छ । दलहरुको सहमतिपछि सम्झौतामाथि आजबाट प्रतिनिधिसभा बैठकमा छलफल सुरु भएको हो ।आइतबार ३ बजेदेखि सुरू भएको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले एमसीसीमाथि सामान्य छलफल होस् भनेर प्रस्ताव पेस गरेका थिए । यता प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरु भने अवरोध गरिरहेका छन् ।छलफलमा माओवादी केन्द्रका सचेतक देव गुरुङले आफ्ना धारणाहरु राखिरहेका छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ