११ बुदामा परिमार्जन गरेर एमसीसी अनुमोदन गर्ने तयारीमा सत्तारुढ गठबन्धन


काठमाडौं । सत्तारुढ गठबन्धनमा अमेरिकी सहायता सम्झौता एमसीसी संसदबाट अनुमोदन गराउने विषयमा सहमति भएको छ । उक्त सहमतिलाई औपचारिकता दिन सत्ता गठबन्धनका शीर्ष नेताहरुको अहिले छलफल हुँदैछ ।प्रधानमन्त्री निवास बालुवाटारमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका शीर्ष नेताहरुबीच अहिले छलफल हुन लागेको हो ।

सत्तारुढ गठबन्धनले एमसीसीबारे व्याख्यात्मक विश्लेषण गरी पारित गर्ने तयारी गरेको छ । कानुन व्यवसायीहरुको सल्लाहअनुसार एमसीसीबारे प्रश्न उठेका विषयमा अन्तर्राष्ट्रिय अभ्यासअनुसार व्याख्यात्मक घोषणाको मस्यौदा तयार भइसकेको छ ।

सत्तारुढ गठबन्धन ११ बुदामा परिमार्जन गरेर एमसीसी अनुमोदन गर्न सहमति नजिक पुगिसकेको स्रोतले बताएको छ ।उक्त मस्यौदा आजै प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाउने तयारी छ । माओवादी केन्द्र र एकिकृत समाजवादीमा एमसीसीको विषयलाई लिएर रडाको मच्चिएको छ ।आजै दिउसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा एमसीसीमाथिको छलmल अघि बढाइने कार्यसूची छ ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ