एकीकृत समाजवादीले एमसीसीको विपक्षमा मतदान गर्ने

एकीकृत समाजवादीले एमसीसी टेबुल गर्न सहयोग गरे पछि पार्टीभित्र विवाद


 

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठकले एमसीसीको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । सोमबार बसेको सचिवालयको बैठकले संसदमा टेबुल भएको एमसीसी सम्झौताको विपक्षमा मतदान गर्ने निर्णय गरेको हो ।

बैठकपछि सञ्चारकर्मीहरूसँगको कुराकानीमा पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले संसदमा पास भएको एमसीसीको विपक्षमा पार्टीले मतदान गर्ने बताए । उनले सरकारमा बस्ने वा नबस्ने भन्ने कुरा समयले निर्धारण गर्ने समेत दावी गरे

‘हाम्रो सचिवालयको बैठक चलिरहेको छ । आज छलफलका लागि समय पुगेन । हामी संसदमा दर्ता भएको एमसीसीको विपक्षमा उभिनेछौँ । विपक्षमा उभिनका निम्ति सबैलाई भन्नेछौँ र वातावरण तयार गर्नेछौँ । यो विषय संवदेनशील भएकोले त्यहीँ छलफल होला । हामी आफ्नो पार्टीको पोजिशन स्पष्ट गर्न चाहन्छौँ । सरकारमा बस्ने र निस्किने कुरा समयले निर्धारण गर्छ ।’, उनले भने ।एकीकृत समाजवादीले एमसीसी टेबुल गर्न सहयोग गरे पछि पार्टीभित्र विवाद बढेको छ ।

 



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ