नेपाली बलरसामु टिक्न सकेनन् क्यानडाका ब्याट्सम्यान, दियो ८१ रनको लक्ष्य


काठमाडौं । आइसिसी विश्वकप टि२० विश्वकप छनोट ए अन्तर्गत अन्तिम खेलमा क्यानडाले नेपाललाई सामान्य लक्ष्य प्रस्तुत गरेको छ । ओमान क्रिकेट एकेडेमी ग्राउन्ड–१ टस जितेर पहिला ब्याटिङ थालेको क्यानडा १५ ओभरमा अलआउट हुँदै ८० रनमै समेटिएको हो ।

क्यानडाका ब्याटर नेपालका खेलाडीसामु खुलेर खेल्न सकेनन् । १० ओभरको समाप्तिसम्म क्यानडाले आफ्ना महत्वपूर्ण आठ विकेट गुमाइसकेको थियो । क्यानडाका लागि डिलन हेलिगरले सर्वाधिक २४ रन जोडे ।त्यस्तै, नभनित धलिवालले १८ रन तथा रायन पठानले १४ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यान चल्ने सकेनन ।

जारी प्रतियोगितामा फिलिपिन्सविरुद्ध डेब्यू गर्दै १ सय ८ रनको शतकीय इनिङ खेलेका युवा ओपनर म्याथ्यु स्पोर्ससमेत शुन्य रनमै रनआउट हुन पुगे ।बलिङतर्फ नेपालका लागि कप्तान सन्दीप लामिछानेले ३ विकेट लिए भने तीव्र गतिका बलर कमलसिंह ऐरी र अविनाश बोहराले समान २/२ विकेट तथा कुशल मल्लले एक विकेट लिए ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ