एमसीसीबारे निर्णय लिन एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बस्दै
काठमाडौँ । एमसीसीबारे निर्णय लिन नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटी बैठक बस्दैछ। बैठक बिहान ११ बजे बानेश्वरमा बस्ने प्रवक्ता जगन्ननाथ खतिवडाले जानकारी दिए ।
उनका अनुसार एमसीसी अध्ययन कार्यदलले केन्द्रीय सचिवालयमा बुझाएको प्रतिवेदनमाथि छलफल गरेर निष्कर्ष निकालिनेछ । सरकारले एमसिसी संसदमा टेबल गर्ने तयारी गरे पनि सत्तारुढ माओवादी केन्द्र र एकीकृत समाजवादी विराेधमा छन्।
माओवादीले अहिलेकाे अवस्थामा एमसिसी अगाडि बढाउन नहुने निर्णय गरिसकेकाे छ । एकीकृत समाजवादीले भने आज निर्णय गर्दैछ। आइतबार सत्ता गठबन्धनको बैठक बस्ने र त्यसपछि प्रतिनिधि सभा बैठक पनि बस्ने तय भएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस