एमसीसीबारे सहमति नजुटे गठबन्धन फुट्छ : गगन थापा


काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले एमसीसी पास गर्ने विषयमा सहमति नभए गठबन्धन फुट्ने बताएका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै महामन्त्री थापाले एमसीसीबारे सहमति भए मात्र गठबन्धन रहने बताएका हुन् ।

उनले संकल्प प्रस्ताव पास गर्ने, आफ्नो रोजाइमा मत दिने लगायतका विकल्पमा छलफल भइरहेको जानकारी दिए । ‘हाम्रोबीचमा कुरा मिल्यो, गठबन्धन चलिराख्छ । हाम्रो बीचमा कुरा मिलेन, यो गठबन्धन चल्दैन । कुराकानी पनि नमिल्ने, गठबनधन पनि चलिराख्ने भन्ने हुँदैन ।’ उनले एमसीसीलाई चुनावपछि धकेल्ने प्रस्ताव स्वीकार्य हुँदैन् । यो अहिले राष्ट्रघाति हो भने चुनावपछि पनि राष्ट्रघाति हुन्छ थापाले भने ।

हाल पाँच दलीय गठबन्धन भित्र एमसीसी संसदबाट पास गर्ने की पास नगर्ने विषयले खैलावैला मच्चाएको छ । एमसीसी पास गर्ने पक्षमा नेपाली कांग्रेस मात्र उभिएको छ । नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, नेपाल र राष्ट्रिय जनमोर्चाले संशोधन नगरी एमसीसी पास नगर्ने अडान कायमै राखेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी पास गर्नको लागि सहयोग गर्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसँग बारमबार आग्रह गरिरहेका छन् । तर यी दुबै अध्यक्षले आफूहरु सरकारबाट बाहिरिन तयार भएको तर संशोधन नगरी एमसीसी पास गर्न सहयोग नगर्ने बताउँदै आइरहेका छन् ।

एमसीसीबारे निर्णायक छलफल गर्नको आज बसेको गठबन्धनको बैठकमा पनि सहमति जुट्न सकेन । आज सहमति जुट्न नसकेपछि आइतबार फेरि बैठक बस्ने भएको छ । प्रचण्डले आजको बैठकमा प्रधानमन्त्री देउवासँग आफ्नो स्थायी कमिटी बैठकसम्म पर्खिन आग्रह गरेका छन् । तर प्रधानमन्त्री देउवाले जति सक्दो चाँडो एमसीसीबारे निर्णय गर्न प्रचण्डलाई सुझाव दिएका छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ