यस्ताे छ एमसीसीबारे कांग्रेसको आधिकारिक धारणा


काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले अमेरिकी सहयोग सम्बन्धी परियोजना (एमसीसी)को सन्दर्भमा पार्टीको आधिकारिक धारणा सार्वजनिक गरेको छ ।केन्द्रीय कार्यसम्पादन समितिको मंगलबार बसेको बैठकपछि कांग्रेसले १२ बुँदे लिखित धारणा सार्वजनिक गरेको हो । त्यस्तै बैठकले भोलि बस्ने प्रतिनिधिसभाको बैठकमा एमसीसी टेबुल गर्ने निर्णय गरेको छ ।

कांग्रेसले एमसीसी सम्झौता संसदमा अनुमोदनका लैजानु सरकारको राजनीतिक कर्तव्य भएको जनाएको छ । यसअघि प्रधानमन्त्री देउवाले भोलिको संसद बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले एमसीसी टेबल गर्ने विश्वास लिएका थिए ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ