माओवादी केन्द्रले बोलायो संसदीय दलको बैठक, एमसीसी मुख्य एजेण्डा


काठमाडौं ।नेकपा (माओवादी केन्द्र) ले बुधबार संसदीय दलको बैठक बोलाएको छ । बुधबार बिहान १० बजे सिंहदबारस्थिल दलको कार्यालयमा बस्ने गरी संसदीय दलको बैठक बोलाएको माओवादी केन्द्रका नेता अमनलाल मोदीले बताए ।

बुधबार दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बोलाइएको छ । यसअघि माओवादी संसदीय दलको बैठक बस्न लागेको हो । बुधबार बस्ने प्रतिनिधिसभाको बैठकमा सरकारले एमसीसी टेबुल गर्ने तयारी गरेपछि कसरी बैठकमा प्रस्तुत हुने भन्ने विषयमा छलफल गर्न बैठक बोलाइएको नेता मोदीले बताएका छन् ।

भोलि बस्ने संसद बैठकमा एमसीसी टेबुल गर्ने रणीतिमा प्रधानमन्त्री शेरबहादुर देउवा लागेका छन् । स्रोतका अनुसार यता नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल पनि एमसीसी पास गर्न सहयोग गर्न सहमत भएका छन् ।त्यसैगरी सभामुख अग्निप्रसाद सापकोटाले पनि राजनीतिक दलहरु एमसीसी पास गर्न सहमत भए आफूले कुनै पनि बाधा नगर्ने बताइसेका छन् ।

 



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ