एमसीसी अनुमोदन गर्न नेपाली नेताहरुलाई धम्की दिएका छैनौं : अमेरिकी राजदूत बेरी


काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत ¥यान्डी बेरीले मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) संसद्बाट अनुमोदन गर्न नेपाली नेताहरुलाई धम्की दिएको समाचार गलत भएको दावी गरेका छन् । अमेरिकी दूतावासमा सोमबार संचारकर्मीहरुसंग कुरा गर्दै राजदूत बेरीले नेपाली नेताहरुलाई धम्की दिएको कुरा असत्य भएको बताए ।

उनले अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले एमसीसी अनुमोदन गर्नेबारे नेपाललाई आफ्नो प्रतिबद्धताको पालना गर्न मात्रै आग्रह गरेको दावी गरेका छन् ।

उनले भनेका छन् ‘हामीले नेपाली नेताहरूलाई कुनै धम्की दिएका छैनौं । त्यो सुचना असत्य हो । हामीले नेपाललाई आफ्ना प्रतिबद्धताहरू पालना गर्न आग्रह मात्र गरिरहेका छौं। ’एमसीसीलाई सार्वभौमसत्ता सम्पन्न लोकतान्त्रिक राष्ट्रको हैसियतमा नेपालले मात्रै निर्णय गर्ने बेरीको भनाई छ । एमसीसी सम्झौताभन्दा नेपाल–अमेरिकाबीचको सात दशक लामो द्विपक्षीय सम्बन्ध माथी रहेको उनले बताए ।

अमेरिकी सहायक विदेशमन्त्री लुले प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्ष नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र माओवादीका अध्यक्ष प्रचण्डलाई माध २७ गते छुट्टाछुट्टै टेलिफोन संवाद गरेका थिए।

प्रमुख दलका नेताहरुसंगको संवादमा उनले एमसीसी एमसीसी सम्झौता अनुमोदन नभए नेपाल र अमेरिकाबीचको सम्बन्धमा पुनरावलोकन हुनसक्ने बताएको समाचार सार्वजनिक भएको थियो । माओवादी केन्द्रका अध्यक्ष दाहालले उक्त कुरा सार्वजनिक रुपमै बताएका थिए ।

बेरीले एमसीसी विकास कार्यक्रम भ्रामक सूचनामा फसेको भन्दै दुख समेत व्यक्त गरेका छन् । उनले अमेरिका नेपालको परिवर्तनहरुमा सधैसंगै उभिएको र विकास सहयोग,विपद प्रतिकार्य,स्वास्थ्य र शिक्षा कार्यक्रमहरुमा सहयोग गर्दै आएको जानकारी दिए । दुई देशबीच हस्ताक्षर भएको सम्झौताबाट पछाडी हट्दा सम्बन्धमा असर पुग्न सक्ने उनको भनाई छ ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ