चोलेन्द्रविरुद्धको महाअभियोग प्रस्तावको प्रतिवाद गर्ने एमालेको निर्णय


काठमाडौँ । नेकपा एमालेले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध सत्ता गठबन्धन दलले ल्याएको महाअभियोग प्रस्तावको प्रतिवाद गर्ने निर्णय गरेको छ ।

आइतबार साँझ एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बसेको सचिवालयको आकस्मिक बैठकले महाअभियोग प्रस्तावलाई न्यायपालिका र लोकतन्त्रविरद्धको षडयन्त्रपूर्ण कदम भएको निष्कर्ष निकाल्दै प्रतिवाद गर्ने निर्णय गरेको हो ।

बैठकपछि पत्रकारसँग कुरा गर्दै एमाले महासचिव शंकर पोखरेलले महाअभियोगको प्रतिवाद गर्ने र जनतालाई यसको विपक्षमा उभिन आग्रह गर्ने निर्णय गरिएको बताए ।

उनले सोमवार बस्ने संसदीय दलको बैठकले महाअभियोगको प्रतिवाद गर्ने सन्दर्भमा महत्वपूर्ण निर्णय गर्ने समेत बताए । आइतबार नै सत्ता साझेदार दलका ९८ जना सांसदले राणाविरुद्ध महाअभियोग प्रस्ताव संसदमा दर्ता गराएका थिए ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ