क्याप्टेन विजय लामाविरुद्ध क्रु संघ आन्दोलनमा, पदबाट हटाउन माग


काठमाडौं ।  नेपाल वायुसेवा क्याविन क्रु संघले क्याप्टन विजय लामाको राजीनामा माग गरेको छ । लामा क्याबिन क्रु डिभिजनका उप निर्देशक छन् । उनि उमेर हदको कारण एक महिनापछि अवकासमा जान लागेका छन् ।

संघले नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी र अपरेशन विभाग प्रमुख दिपुराज जुहार्चनलाई बिहिवार ज्ञापन पत्र बुझाउंदै लामाको काम गर्ने शैली विधी संमत नभएको,निति नियमभन्दा बाहिर गएर उनले काम गरेको भन्दै राजीनामा माग गरिएको हो ।

लामा उप निर्देशक भएसंगै उनले रात्रीकालिन उडानमा क्रु कटौतीको निर्णय गरेको भन्दै उनिसंग क्याविन क्रुहरु आक्रोसित छन् । संघले सात वटाभन्दा बढी मागहरु राखेर बिहिवार ज्ञापनपत्र बुझाएको हो ।

हाल निगममा आन्तरिक र अन्तर्राष्ट्रिय उडानका लागी १ सय ५८ क्याबिन क्रु कार्यरत छन् । जयमध्ये ६ जना मात्र स्थायी हुन भने बांकी सबै करारमा कार्यरत छन् ।

उनिहरुले उमेर हद ५८ वर्ष कायम गर्न र करार व्यवस्थालाई खारेज गरेर स्थायी नियुक्ति गर्न समेत माग गरेका छन् । त्यसका साथै आन्तरिक र अन्तर्राष्ट्रिय उडान भक्ता बढाउन समेत उनिहरुको माग छ ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ