मन्त्री आलेविरुद्ध मुद्दा दायर गर्न सर्वोच्च अदालत पुग्यो बतास समूह


काठमाडौँ– सस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आलेविरुद्ध बतास समूहले सर्वोच्च अदालतमा मुद्दा दायर गर्ने भएको छ ।

बुधबार बतास समूहले मन्त्रीबाट आफू अन्यायमा परेको जनाउँदै उनीविरुद्ध सर्वोच्चमा मुद्दा दायर गर्ने तयार गरेको हो । ‘बतास फाउण्डेशनको नामबाट बुधबार मन्त्री आलेविरुद्ध रिट परेको छ तर दर्ता भएको छैन । अहिले उक्त रिटमाथि अध्ययन भइरहेको छ,’ प्रधानन्यायाधीस चोलेन्द्र सम्सेर जबराका सञ्चार विज्ञ किशोर पौडेलले भने ।

बतास समूहले नारायणहिटी दरबार संग्रहालयमा क्याफ्टेरिया सञ्चालन गर्ने तयारी गरेको थियो । उक्त कार्यलाई मन्त्री आलेले रोकेका थिए । त्यति मात्र होइन मन्त्री आलेले बतासले सञ्चालन गर्दै आएको पशुपतिस्थित धर्मशाला पनि सञ्चालनमा रोक लगाउने निर्णय गरेका थिए ।

केही दिनअघि मात्र बतास समूहले विज्ञप्ति जारी गरी मन्त्री आलेको निर्णयले आफूलाई करोडौं घाटा भएको जनाएको थियो ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ