ललिता निवास जग्गा प्रकरण: कीर्ते कसूरको अनुसन्धान प्रतिवेदन सीआईबीलाई नै फिर्ता


काठमाडाैं – काठमाडाैंको बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा कीर्ते कसूरको अनुसन्धान ‘अपूर्ण’ भएको भन्दै सरकारी वकिलले अनुसन्धान प्रतिवेदन फिर्ता पठाएको छ ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाण्डुले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले गरेको अनुसन्धान पूर्ण नभएको भन्दै प्रतिवेदन फिर्ता पठाएको हो।

ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा नामसारी गर्दा भएको सरकारी कागजात तथा दस्तखत कीर्तेबारे अनुसन्धान गर्दै सीआईबीले गत बिहीबार सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको थियो । तर, अनुसन्धान प्रतिवेदनमा आधारमा मुद्दा दर्ता गर्दा कतिपय दाबीहरु कमजोर हुने देखिएपछि फेरि अनुसन्धान गर्न भनेर प्रतिवेदन फिर्ता पठाइएको जनाइएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ