राष्ट्रपति चुरे संरक्षण समितिका अध्यक्षसहित सबै पदाधिकारी बर्खास्त


काठमाडौं,  सरकारले राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिका पदाधिकारीलाई बर्खास्त गरेको छ । सोमबार बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले अध्यक्ष डा. किरण पौडेलसहित पाँचैजना पदाधिकारीलाई बर्खास्त गरेको हो ।

बर्खास्त हुनेमा अध्यक्ष पौडेलसहित कमला ओली शिवाकोेटी, शशीकुमार शर्मा, डा.सुस्मिता ढकाल र भेषराज आचार्य छन् ।उनीहरुलाई तत्कालिन केपी ओली नेतृत्वको सरकारले नियुक्त गरेको थियो । उनीहरुलाई वन मन्त्री रामसहाय यादवको प्रस्तावमा बर्खास्त गरिएको स्रोतले जानकारी दियो ।

समितिका अध्यक्ष यादवसहित केही सदस्यले पदीय अधिकार दुरुपयोग गरी कार्यक्रमको उद्देश्यविपरीत आफ्नै जिल्लामा साना बजेटका टुक्रे कार्यक्रम सञ्चालन गरेको भन्दै मन्त्री यादवले उनीहरुलाई स्पष्टिकरण सोधेका थिए ।

दुई करोड रुपैयाँ खर्च गरेर बनाइएको चुरे तराई–मधेस संरक्षण तथा व्यवस्थापन गुरुयोजना उद्देश्य र लक्ष्यविपरीत पाइएपछि मन्त्री यादवले समितिका पदाधिकारीलाई राजीनामा दिएर बाटो खुल्ला गर्न आग्रह गरेका थिए । तर समितिका पदाधिकारीले मन्त्रीको आग्रहलाई अस्वीकार गरेपछि विवाद उत्कर्षमा पुगेको थियो ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ