स्थानीय तहकाे निर्वाचन ३० वैशाखमा गर्ने सरकारकाे निर्णय
काठमाडाैं – मन्त्रिपरिषद बैठकले स्थानीय तहको निर्वाचन २०७९ वैशाख ३० गते गर्ने निर्णय गरेको छ । सोमबार बालुवाटारमा बसेको बैठकले स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० गते एकै चरणमा गर्ने निर्णय गरेको हो ।
निर्वाचन आयोगको परामर्शका आधारमा वैशाख ३० गते ५ वर्ष पुग्ने भएकाले सोही दिन निर्वाचनको मिति तोकेको स्रोतले जनाएको छ ।
तपाईको प्रतिक्रिया दिनुहोस