बालुवाटारमा देउवा, ओली र प्रचण्ड छलफलमा


काठमाडौं, प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गर्न प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार पुगेका छन् ।ओली र प्रचण्ड केहि सेकेण्डको फरकमा बालुवाटार पुगेका हुन् । प्रचण्ड र देउवाबीच आइतवार बिहान पनि बालुवाटारमै आधा घण्टा वार्ता भएको थियो । उक्त वार्ताका क्रममा दुई नेताबीच ओलीलाई पनि बालुवाटार बोलाउने सहमति भएको थियो ।

एमाले अध्यक्ष ओलीसँगै महासचिव शंकर पोखरेल पनि गएका छन् । ‘अध्यक्षज्यूसँग महासचिव पनि बालुवाटार जानु भएको छ । मुख्यतः एमालेले स्थानिय तहको निर्वाचनको मिति तोक्ने बारेमा छलफल गर्नेछ’ ओलीका प्रेस सहयोगी रामशरण बजगाईले भने ।

एमाले अध्यक्ष ओली सरकारवाट बाहिरिएपछि पहिलो पटक प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् । देउवा र प्रचण्डले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को अध्यक्षलाई लेखेको पत्र सार्वजनिक भएलगत्तै प्रधानमन्त्रीले ओलीलाई छलफलका लागि बोलाएका हुन् ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ