अछामका पुर्व जनमुक्ति सेना विदेशी भुमि मै अस्ताए
अछामका एक युवकको मलेसियामा निधन भएको छ ।
रोजगारीको सिलसिलामा हाल मलेसियामा रहेका मेल्लेख गाउँपालिका वडा नम्बर ७ नन्देगडा मौभेरीका भक्त साउँदको निधन भएको हो ।
काम सकेर कोठामा सुतेका ४० बर्षिया साउँद बिहान ओछ्यानमै मृत भेटिएका थिए ।
आउँदो बडा दसैँमा घर आउने योजनामा रहेका र हिजो राति ९ बजे श्रीमतीसँग भलाकुसारी गरेका उनको मृत्यु भएको खबरले परिवारजनमा ठुलो बज्रपात परेको छ ।
तत्कालीन जनमुक्ति सेनाको रुपमा काम गरेका उनी विगत ६ बर्षदेखी मलेसियाको कम्पनीका सेकुरेटी गार्डको रुपमा काम गर्दै आएका थिए ।
उनका २ वटा छोरा र श्रीमती हाल धनगढीको शिवनगरमा बस्दै आएका छन् ।
उनको शव नेपाल ल्याउन आवश्यक कागजात पठाइएको र पहल भईरहेको उनका आफन्त मोहन साउदले बताएका छन् ।
तपाईको प्रतिक्रिया दिनुहोस