काठमाण्ड- नेकपा एमालेले पाँच जना मन्त्रीको नाम लगभग टुंग्याएको छ । सत्तारूढ दल नेपाली कांग्रेससँगको सहमतिअनुसार आफ्नो भागमा परेका आठ वटा मन्त्रालय मध्ये पाँच मन्त्रीको नाम एमालेले टुंग्याएको हो ।
जसअनुसार बिष्णु पौडेल, पृथ्वी सुब्बा गुरुङ, योगेश भट्टराई, छविलाल विश्वकर्मा र कृष्णगोपाल श्रेष्ठलाई एमालेले सरकारमा पठाउने निश्चित भएको स्रोतले बतायो ।
त्यस्तै एमालेबाट सम्भावित मन्त्रीहरुमा पदम गिरी, जुलि महतो, विद्या भट्टराई र वलराम अधिकारी छन् । त्यस्तै यता सुदूरपश्चिम प्रदेशबाट दामोदर भण्डारी र तारा लामालाई सम्भावित मन्त्रीको सुचीमा राखिएको छ । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार बिहान ११ बजे शपथ लिएसँगै मन्त्रिपरिषद् पनि विस्तार गर्ने भएका छन् ।
तपाईको प्रतिक्रिया दिनुहोस