बालेनको व्यंग्य : यो समय गिरीबन्धु चियाको हो


काठमाण्डु – काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले नेपाली कांग्रेस र नेकपा एमालेबीच सरकार चलाउने गरी भएको सहमति प्रति व्यंग्य गरेका छन् ।

मंगलबार बिहान सामाजिक सञ्जाल फेसबुकमा कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीको तस्वीर राखेर लेखेका छन्, ‘यो समय गिरिबन्धु चियाको हो । काले काले मिलेर खाऊ भाले ।’

पछिल्लो समय गिरीबन्धु टी–स्टेटबारे छानबिन हुनुपर्ने माग राख्दै आएकामहानगर प्रमुख बालेनले दुई दलबीच सत्ता सहकार्य भएपछि यस्तो प्रतिक्रिया जनाएका हुन् । बालेनले गिरीबन्धु टी–स्टेट प्रकरणमा कुनै पनि सत्ता बार्गेनिङ नगरी तत्काल पहलकदमी आवश्यक रहेको बताएका थिए ।

नेकपा एमाले र नेपाली कांग्रेसबीच गएराति नयाँ सरकार सत्ता समीकरण निर्माण गरेर अघि बढ्ने र पहिला एमाले अध्यक्ष ओली प्रधानमन्त्री बन्ने सहमति भएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ