कांग्रेस–नेकपा एमाले सम्मिलित गठबन्धनमा सहभागी नहुने – रास्वपा


काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नयाँ बन्न लागेको नेपाली कांग्रेस–नेकपा एमाले सम्मिलित गठबन्धनमा सहभागी नहुने भएको छ । मंगलबार बिहान सिंहदबारमा बसेको सचिवालय बैठकले नयाँ गठबन्धन र अब बन्ने सरकारमा सहभागी निर्णय गरेको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए ।

बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै प्रमुख सचेतक परियारले भने, ‘नयाँ सरकारमा रास्वपा सहभागी हुँदैन । नयाँ सरकार बन्ने प्रक्रिया अघि बढ्नेबित्तिकै रास्वपाका मन्त्रीहरूले पदबाट राजीनामा दिन्छन् ।’

रास्वपाबाट अहिलेको संघीय सरकारमा ४ जना मन्त्री छन्। सभापति रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री, सुमना श्रेष्ठ शिक्षा विज्ञान तथा प्रविधि, डोलप्रसाद अर्याल श्रम रोजगार तथा सामाजिक विकास र विराजभक्त श्रेष्ठ युवा तथा खेलकुदमन्त्री छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ