९० बर्षमा नेपालमा ३०१ पटक राजदूत नियुक्त


काठमाण्डु – अन्तर्राष्ट्रिय क्षेत्रमा कूटनीतिक प्रभावका हिसाबले त्यति गणना नहुने सानो मुलुक भए पनि नेपालमा राजदूत नियुक्तिको विषय सधैँ चर्चाको विषय बन्दै आएको छ ।

प्रधानमन्त्री, प्रधानन्यायाधीश, परराष्ट्रमन्त्री भइसकेकादेखि नेपालमा उच्च पद सम्हालेका व्यक्तिहरु नै राजदूत भएर जान पछि नपर्ने भएकाले यस पदको चर्चा आवश्यकताभन्दा बढी हुने गरेको छ । अन्यत्र विरलै मिडियोका शीर्षक बन्ने राजदूत नियुक्ति नेपालमा सदाबहार समाचारको शीर्षक बन्ने गर्दछ ।

सन् १९३४ अप्रिल ६ मा तत्कालीन प्रधानमन्त्री श्री ३ जुद्धशमशेरका छोरा बहादुरशमशेर पहिलो पटक बेलायतका राजदूत नियुक्त भएयताको ९० बर्षको अवधिमा नेपालले ३ सय १ पटक राजदूत नियुक्त गरेको छ । नेपालमा हालसम्म धेरैपटक राजदूत हुनेमध्ये चारपटक हुनेमा एकजना मात्र (झरेन्द्रनारायण सिंह) छन् भने तीन पटक हुने चारजना (यदुनाथ खनाल, पदमबहादुर खत्री, डा. भेषबहादुर थापा र ज्ञानचन्द्र आचार्य) छन् । दुई पटक हुनेहरुको संख्या दर्जनौँ भइसकेको छ ।

नेपालका हालसम्मका राजदूतहरुको नामावली-



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ