सुदूरपश्चिम योजना आयोगको उपाध्यक्षमा गणेश बिश्वकर्मा नियुक्त


कैलाली : सुदूरपश्चिमको प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा गणेशबहादुर बिश्वकर्मा नियुक्त भएका छन्।

उनलाई मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज (आइतवार) पद तथा गोपनीयताको शपथ गराएका छन्। बझाङ घर भएका बिश्वकर्मा झण्डै अढाइ दशकदेखि मानवधिकारको क्षेत्रमा क्रियाशील रहेका छन्। उक्त आयोगको अध्यक्षमा मुख्यमन्त्री स्वयम अध्यक्ष रहने प्रावधान रहेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ