एमाले बैठकले पारित गरेको २२ बुँदे प्रस्ताव


काठमाण्डु- नेकपा एमालेको सातौँ केन्द्रीय समिति बैठक सम्पन्न भएको छ ।

बिहीवार २२ बुँदे प्रस्ताव पारित गर्दै एमालेको सातौँ केन्द्रीय समिति बैठक सम्पन्न भएको हो । जसअनुसार २२ बुँदे प्रस्तावमा गठबन्धन सरकारको कुशासन, राज्य सञ्चालनमा रहेको बेथिति र गैरजिम्मेवार क्रियाकलापका कारण समाजका प्रत्येक अवयवहरु संकटग्रस्त बन्दै गएको उल्लेख छ ।

‘मुलुक तस्करी र भ्रष्टाचारको गहिरो दलदलमा फस्दै गएको छ । सञ्चारमन्त्री टेरामक्स खरिद प्रक्रियाको अनियमिततामा मुछिएका छन् । बालकुमारी घटना छानबिन आयोगले दोषी देखाएका भौतिक पूर्वाधारमन्त्री निर्लज्जतापूर्वक झण्डा हल्लाएर हिँडिरहेका छन् । सरकारको भ्रष्टाचार नियन्त्रणको नारा स्टण्टबाजीमा परिणत भएको छ’, बैठकपछि एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

 



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ