बालकुमारी घटनाको छानबिन प्रतिवेदन गृहमन्त्री श्रेष्ठको हातमा


काठमाण्डु – ललितपुरमा भएको बालकुमारी घटनाको छानबिन प्रतिवेदन उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई बुझाइएको छ ।

घटनाको छानबिन गर्न गठित आयोगको प्रतिवेदन बुझ्दै उपप्रधानमन्त्री श्रेष्ठले आयोगले सत्यतथ्य जाँचबुझ गरी मेहनतपूर्वक निकालेको निष्कर्षलाई सरकारले कार्यान्यवन गर्ने बताएका छन् ।

ईपीएस कोरिया शाखा कार्यालयमा परीक्षा फाराम भर्ने विषयलाई लिएर पुस १३ गते भएको प्रदर्शनका क्रममा २ जनाको मृत्यु भएको थियो ।

घटनाको जाँचबुझ गरी १ महिनाभित्र राय, सुझाव र सिफारिस सहितको प्रतिवेदन पेश गर्ने गरी मन्त्रिपरिषद् बैठकले पुस १६ गते जाँचबुझ आयोग गठन गरेको थियो । आयोगमा उच्च अदालतका पूर्व न्यायाधीश शेखरप्रसाद पौडेल अध्यक्ष तथा पूर्व अतिरिक्त प्रहरी महानिरीक्षक अरुणकुमार बीसी र गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव नारायणप्रसाद भट्टराई सदस्य रहेका थिए ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ