माधव नेपाल भन्छन् – आर्थिक सुधार र भ्रष्टाचार नियन्त्रणमा सरकारले अझै प्रभावकारी कदम चाल्नुपर्छ


काठमाडौं : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आर्थिक सुधार र भ्रष्टाचार नियन्त्रणमा सरकारले अझै प्रभावकारी कदम चाल्नुपर्ने बताएका छन्।

मुलुकको आर्थिक क्षेत्रको सुधार, भ्रष्टाचार नियन्त्रण र सुशासनका लागि अहिलेको सरकारले अझै प्रभावकारी काम गर्नुपर्ने उनले बताए।

आइतबार काठमाडौंमा पार्टीको केन्द्रीय परिषद बैठक उद्घाटन गर्दै अध्यक्ष नेपालले विद्यमान व्यवस्थाविरूद्ध प्रतिगामी तत्वले विभिन्न गतिविधि गरिरहेको बताए।

‘त्यसलाई निस्तेज पार्नका लागि पनि सरकार र सत्तारुढ गठबन्धनमा आवद्ध राजनीतिक दलहरुले संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण, संविधानको रक्षा र आवश्यक्ताअनुसार परिमार्जन, देशको अर्थतन्त्रलाई सुदृढ बनाउनुपर्छ,’ उनले भने।

गठबन्धन दलहरूले तयार पारेका न्यूनतम नीति तथा कार्यक्रमलाई अझ गतिका साथ कार्यान्वयनमा लैजान पनि उनले सरकारलाई आग्रह गरेका छन्।

राष्ट्रिय हितको रक्षा र स्वतन्त्र तथा सन्तुलित परराष्ट्र सम्बन्धलाई अगाडि बढाउन उनले जोड दिए। जलवायु परिवर्तनले पारेका असरहरूलाई न्यूनिकरण गर्न सरकारले गम्भीरतापूर्वक काम गर्नुपर्ने उनले बताए।

 



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ