यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णय


काठमाण्डु – सरकारले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐनसम्बन्धी अध्यादेश जारी गर्न सिफारिस गर्ने निर्णय गरेको छ ।

बुधबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश २०८० जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

बैठकले राजनीतिक दलसम्बन्धी ऐन २०७३ लाई संशोधन गर्न बनेको विधेयकलाई सदनमा पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ । त्यस्तै बैठकले नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पर्वत कुमार कार्कीलाई नियुक्त गरेको छ भने सांस्कृतिक संस्थानको रिक्त महाप्रबन्धक पदमा किरणबाबु पुनलाई नियुक्त गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

त्यस्तै, बैठकले नरदेवी आयुर्वेद चिकित्सालय बिकास समितिको अध्यक्ष पदमा रमेशचन्द्र न्यौपानेलाई मनोनित गर्ने र गंगालाल अस्पतालको कार्यकारी निर्देशकमा डा. रवि मल्ललाई नियुक्त गर्ने निर्णय गरेको प्रवक्ता शर्माले बताइन् ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ