स्वास्थ्य दर्पण हेल्थ अवार्डबाट बरिष्ठ अर्थोपेडिक सर्जन डा. जोशी सम्मानित


धनगढी – स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा.लिले बरिष्ठ अर्थोपेडिक सर्जन डा. प्रमोद जोशीलाई स्वास्थ्य दर्पण राष्ट्रिय हेल्थ अवार्ड २०८० प्रदान गरेको छ ।

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा.लिले नेपालको स्वास्थ्य क्षेत्रमा अतुलीनय योगदान पुर्याए वाफत डा. जोशीलाई स्वास्थ्य दर्पण राष्ट्रिय हेल्थ अवार्ड २०८० प्रदान गरिएको हो ।

काठमाण्डौंमा हालै आयोजित स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा.लिको आठौं वार्षिकोत्सव समारोहमा प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य प्रा.डा सशांक कोईराला र स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा.लिका अध्यक्ष सन्दीप कुमार श्रेष्ठले डा. जोशीलाई स्वास्थ्य दर्पण राष्ट्रिय हेल्थ अवार्ड २०८० प्रदान गरेका हुन् ।

 

 



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ