बलात्कार मुद्दामा सन्दीप लामिछानेलाई ८ वर्ष जेल सजाय
काठमाण्डु – क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा ८ वर्ष कैद र ३ लाख जरिवाना सजाय भएको छ ।
काठमाण्डु जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले सन्दीपलाई बुधबार सजाय तोकेको हो ।
उनबाट थप २ लाख रुपैयाँ समेत गरी कूल ५ लाख रुपैयाँ भराउने फैसला भएको काठमाण्डु जिल्ला अदालतका सूचना अधिकारी चन्द्रप्रसाद पन्थीले जानकारी दिए ।
यसअघि उनी जबरजस्तीकरणी गरेको अभियोगमा दोषी ठहर भएका थिए ।
अदालतबाट सजाय तोकिएसँगै अब लामिछाने काठमाण्डु जिल्ला अदालतको निर्णयविरुद्ध उच्च अदालत जाने भएका छन् । क्रिकेटर लामिछानेको पक्षमा वकालत गर्दै आएका अधिवक्ता सरोजकृष्ण घिमिरेले उच्च अदालत जाने तयारी भइरहेको जानकारी दिए ।
तपाईको प्रतिक्रिया दिनुहोस