मन्त्रिपरिषद्बाट सामाजिक सञ्जाल प्रयोग गर्ने सम्बन्धी निर्देशिका स्वीकृत, यी हुन् ४ निर्णय


काठमाण्डु – मन्त्रिपरिषद् बैठकले सामाजिक सञ्जाल प्रयोग गर्ने सम्बन्धी निर्देशिका २०८० स्वीकृत गरेको छ ।

बिहीबार सिंहदरबारमा बसेको बैठकले राष्ट्रियसभा सदस्य निर्वाचन ऐन २०७५ दफा २ को खण्ड ख को प्रयोजनका लागि राष्ट्रिय जनगणना २०७८ को कूल जनसंख्यामध्ये ० दशमलव ५ प्रतिशतभन्दा कम जनसंख्या रहेका अल्पसंख्यक जातजाति (दलितबाहेक) लाई अल्पसंख्यकको रूपमा तोक्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

बैठकले अपाङ्गता भएका व्यक्ति सम्बन्धी राष्ट्रिय नीति २०७९ स्वीकृत गरिएको प्रवक्ता शर्माले बताइन् । बैठकले राष्ट्रिय बालबालिका नीति २०७९ स्वीकृत गरेको छ ।

यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णय –

१. राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा २ को खण्ड (ख) को प्रयोजनका लागि राष्ट्रिय जनगणना, २०७८ को कूल जनसंख्याको ०.५ (शून्य दशमलव पाँच) प्रतिशतभन्दा कम जनसंख्या रहेका अल्पसंख्यक जातजाति (दलितबाहेक) लाई अल्पसङ्ख्यकको रुपमा तोक्ने ।

२. मन्त्रिपरिषद्, सामाजिक समितिबाट पेश भएको सरकारी कार्यालयले सामाजिक सञ्जाल प्रयोग गर्ने सम्बन्धी निर्देशिका २०८० स्वीकृत गर्ने ।
३. मन्त्रिपरिषद्, सामाजिक समितिबाट पेश भएको अपाङ्गता भएका व्यक्ति सम्बन्धी राष्ट्रिय नीति २०७९ स्वीकृत गर्ने ।

४. मन्त्रिपरिषद्, सामाजिक समितिबाट पेश भएको राष्ट्रिय बालबालिका नीति २०७९ स्वीकृत गर्ने ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ