राष्ट्रियसभा चुनावमा नागरिक उन्मुक्तिले खोज्यो हिस्सा, प्रधानमन्त्री प्रचण्डसँग भेट


काठमाण्डु – नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले राष्ट्रियसभा सदस्य चुनावमा गठबन्धनबाट कम्तीमा १ सिट हिस्सा खोजेको छ ।

नाउपा संरक्षक रेशमलाल चौधरी र अध्यक्ष, भूमि व्यवस्थामन्त्री रञ्जिता चौधरीले बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर सिट बाँडफाँटमा भाग लिन आग्रह गरेका छन् ।

आगामी माघ ११ गते राष्ट्रियसभा सदस्यका १९ सिटका लागि निर्वाचन हुँदैछ । गठबन्धन भित्रका नेपाली कांग्रेस, माओवादी, नेकपा एस र जसपाबीच भागबण्डाको छलफल चलिरहेका बेला नाउपाले समेत भाग खोजेको छ ।

नाउपाका प्रतिनिधि सभामा ४, सुदूरपश्चिममा १४, लुम्बिनीमा ४ र मधेशमा १ मत रहेको भन्दै हिस्सा पाउनुपर्ने दाबी गरेको छ ।

लुम्बिनी प्रदेश सरकारमा नाउपाको सहभागिताबारे पनि छलफल भएको बताइएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ