परराष्ट्र सचिवमा सेवा लम्सालको बढुवा, पहिलो महिला सचिवको ‘रेकर्ड’


काठमाण्डु — सरकारले परराष्ट्र मन्त्रालयको सचिवमा सेवा लम्साललाई बढुवा गर्ने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले परराष्ट्र मन्त्रालयकी वरिष्ठ सहसचिव लम्साललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

सचिवमा बढुवा भएसँगै लम्साल परराष्ट्र मन्त्रालयको पहिलो महिला सचिव भएकी छन् । यसअघिका परराष्ट्र सचिव भरतराज पौड्याल अवकाशमा गएपछि लम्साललाई सचिवमा बढुवा गरिएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ