पर्यटनमन्त्री आलेको बिबादित निर्णय : क्यानको महानिर्देशकमा अधिकारी नियुक्त


काठमाण्डु- नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा प्रदीप अधिकारी नियुक्त भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेको सिफारिसमा सोमबारको मन्त्रिपरिषद् बैठकले अधिकारीलाई प्राधिकरणको महानिर्देशकमा नियुक्त गरेको हो ।

अधिकारी राष्ट्रिय गौरव आयोजना प्रमुख थिए । उनि ११ औं तहका कर्मचारी हुन । पर्यटन मन्त्रालयले यसअघि जुनियरलाई निमित्त महानिर्देशकको जिम्मेवारी दिएको भन्दै मन्त्री आलेको आलोचना भएको थियो । मन्त्री आलेले प्रेमनाथ ठाकुरलाई निमित्त महानिर्देशकको जिम्मेवारी दिएका थिए ।

क्यानको महानिर्देशक नियुक्त भएका अधिकारीविरुद्ध पटक-पटक अख्तियारमा मुद्दा परेको थियो । पोखरा एयरपोर्टमा कार्यरत हुंदा उनिविरुद्ध स्थानियले आन्दोलन समेत गरेका थिए ।जुनियर कर्मचारीलाई कामु बनाएको भन्दै यसअघि प्राधिकरणकै कर्मचारीहरुले समेत विरोध जनाएका थिए ।

उनिभन्दा सिनियर उपमहानिर्देशकहरु भोलाप्रसाद गुरागाईं, प्रतापबाबु तिवारी, हंशराज पाण्डे, देवचन्दलाल कर्ण र गोविन्दप्रसाद दाहाल थिए । तर, पर्यटनमन्त्री आलेको सिफारीसमा अधिकारीलाई महानिर्देशक बनाइएको हो ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ