मध्यरातमा ६.४ म्याग्निच्युडको शक्तिसाली भूकम्प गयो, देशैभर धक्का महसुश
काठमाण्डु- शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले राति ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामेडाँडा आसपास केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको जानकारी दिएको हो ।
भूकम्पको धक्का काठमाण्डुका साथै देशैभरजसो महसुश भएको छ । भूकम्पबाट जाजरकोटसहितका जिल्लाहरुमा घरहरुमा क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएपनि थप विवरण प्राप्त हुन सकेको छैन ।
यो भुइँचालोको धक्का भारतको नयाँदिल्ली र चीनकाे तिब्बतसम्म महशुस गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। त्यहाँ अहिलेसम्म कुनै क्षतिको विवरण आएको छैन।
तपाईको प्रतिक्रिया दिनुहोस